adv

काँकरभिट्टा स्थित प्राइम बैंककी एक कर्मचारीमा कोरोना संक्रमण

झापा,३० भदौ । झापाको मेचीनगर ६ काँकरभिट्टा स्थित प्राइम बैंककी एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्राइम बैंक काँकरभिट्टा शाखामा कार्यरत मेचीनगर वडा नं ६ की एक महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले बताए ।

उनका अनुसार गत भदौ २३ गते ६१ वटा नमुना स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित पीसीआर प्रयोगशाला पठाइएकोमा १ जनाको नतिजा पोजेटिभ आएको हो । अन्य ६० वटा पीसीआर नतिजा भने नेगेटिभ आएको छ ।

संक्रमित महिलालाई मेचीनगर ११ स्थित धाईजन स्वास्थ्य चौकी भवनको आइसोलेशन सेन्टर लगिएको छ ।

यो संगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १२७ पुगेको छ । जसमा ११० जना संक्रमण मुक्त भई घर फर्किएका छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु