झापा,३० भदौ । नेपालमा आज मंगलबार थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ पछिल्लो २४ घन्टामा १ हजार ४५९ जनामा कोरोना पुष्टि भएसंगै कुल संक्रमित संख्या ५६ हजार ७ सय ८८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १०६२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४० हजार ६ सय ३८ पुगेको छ।
पछिल्लो २४ घण्टामा १० हजार ३ सय ७५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १५ हजार ७ सय ७९ जना सक्रिय संक्रमित रहेका छन्। ७ हजार २ सय ५० जना क्वारेन्टिनमा छन्।

