झापा, २९ भदौ । झापामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार संक्रमितहरु १ महिला र ४ पुरुष रहेका छन् ।
उनका अनुसार संक्रमित महिला स्थानीय बासिन्दा मेचीनगर वडा न: ६ कि प्राइम बैंक काँकरभिट्टा शाखामा कार्यरत कर्मचारी हुन् भने अन्य ४ जना पुरुषहरु भारतबाट आएर होटल क्वारेन्टिनमा बस्दै आएका थिए । उनीहरु जिल्ला बाहिरका रहेको चम्लागाईले बताए ।
योसंगै आजसम्म झापामा कुल संक्रमितको संख्या ७४७ पुगेको छ । सोमबारसम्म डिस्चार्ज हुनेको संख्या ६१२ रहेको चौंलागाईंले बताए।
झापामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ रहेको छ।

