
झापा । शरीरिक ब्यायमको माध्यमबाट कोरोनालाई जितौ भन्ने अभियानकासाथ कोरोना त्रासदीका बीचपनि झापा अर्जुनधाराका दिपेन धिमालले प्रकृतिक तरिकाले शारीरिक आन्तरिक स्वास्थ्य सुधारको कार्यक्रम सञ्चालन गरिरहेकका छन् ।
यसैवर्षदेखि अर्जुनधारा नगरपालिकाको वडा नं. ६ स्थित महानन्दचोकमा मेची हेल्थ एण्ड फिटनेस सेन्टर स्थापना गरेर धिमालले शारीरिक व्यायमको माध्यमद्वारा रोग प्रतिरोधात्मक क्षमताको बिकासमा सहयोग पुर्याएका छन् ।

धिमालले सञ्चालन गरेको हेल्थ एण्ड फिटनेस सेन्टरमा शरीरको आन्तरिक शक्तिको बिकासका लागि दौड, किक बक्सिङ, क्रसफिट,, क्यालिक्सथेनिक्स, मोयथाई, सेल्फ डिफेन्स, वेट मेनेजमण्ट, डाइट प्लानिङ्ग, लगायतका योजनावद्ध तरिकाहरु सञ्चालनमा ल्याइएको छ ।
मेची फिटनेस सेन्टरमा स्टेरोयट्स जस्तो मसल बढाउने कृतिम प्रोटिनको प्रयोग भन्दा प्रकृतिक, अग्र्यानिक पोषणयुक्त खानेकुरा उपभोगमा जोड दिदै स्टेरोयट्सको लामो समयको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने नकारात्मक असरको बारेमा पनि जानकारी दिने गरिएको सञ्चालक धिमालले बताए ।

इनडोर र आउटडोरमा व्यायम गराइदै आएको सो सेन्टरमा तेक्वान्दोका राष्ट्रिय खेलाडीसमेत रहेका सञ्चालक दिपेन धिमाले नै प्रशिक्षण दिंदै आएका छन् ।
सन् २०१९मा चीनमा भएको वल्ड हिरो च्यम्पियनसिप प्रतियोगितामा गोल्डमेडल प्राप्त गर्न सफल धिमालले भारतको केरलाबाट एनआईएस ए लेभल कोर्स पुरा गरेका छन् ।
मेची फिटनेस् सेन्टरमा अहिले ५० जनाले शारीरिक सुगठन र व्यायमको अभ्यास गरिरहेका छन् । तेक्वान्दोको राष्ट्रिय प्रशिक्षक र रेफ्रिसमेत रहेका धिमालले सञ्चालनमा ल्याएको मेची हेल्थ एण्ड फिटनेस सेन्टरमा जनस्तरमा शारीरिक व्ययामको माध्यमद्वारा स्वास्थ्यमा परिवर्तन ल्याउने उद्देश्यले हप्ताको प्रत्येक शनिवार समुदायका लागि निःशुल्क व्यायमको सुविधा उपलब्ध गरिएको छ
।

