adv

कोरोना संक्रमित नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौँ । कोरोना संक्रमणपछि घरमै आइसोलेशनमा बसिरहेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाई अस्पताल भर्ना भएका छन्।

कोइरालालाई ज्वरो बढेपछि चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए। उनलाई सोमबार साँझ १०३ डिग्री ज्वरो आएको थियो।

ज्वरो नघटेपछि कोइरालालाई ओम अस्पताल भर्ना गरिएको हो। अहिले ज्वरो घटे पनि उनमा निमोनिया भएको चिकित्सकहरुले आशंका गरेका छन्।

उनी भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा बसेका थिए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु