adv
Advertise Expired !

पार्टी समायोजनको लागि समाजवादी झापाको कार्यदल गठन

बिर्तामोड, ३१ भदौ । समाजवादी पार्टी जिल्ला समन्वय समिति झापाले जिल्ला पार्टी समायोजनको लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ । जिल्ला अध्यक्ष दिपेन बाला राईको संयोजकत्वमा गठित कार्यदलका सदस्यहरुमा संगिता रौनियार, सिवन सोराली मगर, गोकुल हुँमागाई र पुष्प पौडेल रहेका छन् ।

बुधबार बिर्तामोडमा सम्पन्न जिल्ला सचिवालय बैठकबाट मंगलबार जिल्ला पदाधिकारी बैठकले गरेको निर्णय अनुमोदन गरिएको अध्यक्ष राईले जानकारी दिए । अब पूर्व रास्ट्रीय जनता पार्टी झापाले पनि कार्यदल गठन गरेपछि दुई पूर्व पार्टीबीच जनता समाजवादी पार्टी झापा समायोजनको प्रकृया सुरु हुने पार्टी स्रोतले जानकारी दिएको छ ।

बैठकमा पार्टीका प्रदेश अध्यक्ष प्रवीण चाम्लिङ राईले पार्टी समायोजन कार्यलाई ठीक ढङ्गले सम्पन्न गर्न पूर्व राष्टृय जनता पार्टी र समाजवादी पार्टीका कार्यदलहरुले मिहिन छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने धारणा राखे ।

केन्द्रीय सदस्य नित्यानन्द ताजपुरियाले पार्टी निर्माण कार्यमा पदीय मर्यादा र भाग खोज्ने प्रवृत्ति हावी हुन नहुने सुझाव दिए । प्रदेश सांसद राधा थापाले समावेशी पार्टी निर्माण गर्न सुझाव दिएकी थिइन् । बैठकमा केन्द्र, प्रदेश र जिल्ला तहका नेतृत्वहरु सहभागी रहेको पार्टी स्रोतले जनाएको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु