काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको अवसरमा शुभकामना दिएका छन्। बिहीबार बिहान ट्वीटरमार्फत् उनले शुभकामना दिएका हुन्।
उनले लेखेका छन् ‘तपाईँको जन्मदिनको शुभ अवसरमा सु-स्वास्थ्य र खुसीको कामना गर्दछु, हामी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन निरन्तर लाग्नेछौँ।’
भारतीय प्रधानमन्त्री मोदी १७ सेप्टेम्बर सन् १९५० मा गुजरातमा जन्मिएका थिए। उनी ७० वर्षका भए ।


