
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) का फरवार्ड नेयमारमाथि २ खेलको प्रतिबन्ध लागेको छ। आइतबार मार्सेइलीसँगको खेलमा विवाद गरेपछि रातो कार्ड पाएका उनीमाथि सो प्रतिबन्ध गरिएको हो।
आइतबारको खेलमा नेमारसँगै रातो कार्ड पाएका अन्य चार जनालाई पनि प्रतिबन्ध लागेको छ। पीएसजीकै डिफेन्डर लेभिन कुर्जावाले ६ खेल खेल्न नपाउने भएका छन् भने लिओनार्दो प्यारेड्सले २ खेलमा खेल्न पाउने छैनन्। त्यस्तै मार्सेइलीका जोर्डन अमाभीलाई ३ खेलको प्रतिबन्ध लागेको छ।
यसैगरी मार्सेइलीका डिफेन्डर अलभारो गोन्जालेजले आफूमाथि रंगभेदी व्यवहार गरेको नेयमारको आरोपमाथि समेत फ्रेन्च फुटबल प्रशासनले छानबिन गर्ने भएको छ।

