adv
Advertise Expired !

चुलाचुलीकाे रतुवा खोलामा एक वृद्धको शव फेला

इलाम । इलामको चुलाचुली ५ चपेटी स्थित रतुवा खोलामा एक बृद्ध मृत फेला परेका छन् । बुकुवा सिंचाई नहरको मुहान देखि अन्दाजी ५० मिटर तल खोलामा आज विहान वृद्धको शव फेला परेको हो ।

उक्त स्थानमा प्रहरी चौकी पेल्टीमारीबाट प्रहरी टोली पठाईएको प्रहरी चौकी पेल्टीमारीका ईन्चार्ज जिवनकुमार कार्कीले जानकारी दिए ।

खोलाको ढुंगामा अड्किरहेको अवस्थामा ती वृद्धको शव स्थानियले आज विहान देखेर प्रहरीलाई खबर गरेका थिए । ती मृत व्यक्तीको परिचय खुल्न सकेको छैन । स्थानियका अनुसार ती वृद्ध नजिक गाउँटोलका पनि होईनन् ।

हिजो मात्र चुलाचुली २ स्थित चाजु खोलाको जम्दारे खहरेमा लिङ्ग पहिचान नै गर्न नसकिने कुहिएको शव बगाएर ल्याएको अवस्थामा फेला परेको थियो । शवलाई कानूनि प्रकृया पुरा गरेर धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा डि।एन।ए। परिक्षणका लागि पठाइएको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु