adv

नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ७७३ पुग्यो

झापा,१ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ हजार ७ सय ७३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, खोटाङका १, झापाका ११, धनकुटाका १, मोरङका ९४, सुनसरीका ५४, धनुषाका १६, पर्साका १९, बाराका १०, महोत्तरीका ४, रौतहटका ७, सप्तरीका ९, सर्लाहीका ११, सिरहाका ११, काठमाडौँका ५०७, काभ्रेका २, चितवनका १०१, दोलखाका ३, धादिङका २, नुवाकोटका १, भक्तपुरका ५०, मकवानपुरका ६३, रामेछापका १ र ललितपुरका ६१ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै सिन्धुपाल्चोकका ४, कास्कीका १६, गोरखाका ३, तनहुँका २, नवलपरासीपूर्वका १५, लमजुङका १, बागलुङका ४, स्याङ्जाका १, कपिलवस्तुका १, गुल्मीका १, दाङका १, नवलपरासीका १६, पाल्पाका १, प्यूठानका २१, बर्दियाका १३, बाँकेका २१, रुपन्देहीका ३, जाजरकोटका १, दैलेखका १० र सुर्खेतका १ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १२४३ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४२ हजार ९ सय ४९ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षण गरिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १६ हजार २ सय ४१ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ७ हजार ८ सय ८३ जना क्वारेन्टिनमा छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु