झापा,१ असोज । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएसंगै कुल संख्या ३८३ पुगेको हो ।
जसमा तीन महिला र एक पुरुष छन्। मोरङकी ६४ वर्षीया महिला, काठमाडौँका ८७ वर्षीय पुरुष, चितवनकी ३६ वर्षीया महिला र कैलालीकी ५७ वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

