adv

मेचीनगरका ७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भए

मेचीनगर,०१ असोज । झापाको मेचीनगरका ७ जना कोरोना संक्रमित निको भएर विहिबार डिस्चार्ज भएका छन्

मेचीनगर—११ स्थित स्वास्थ्य चौकीकोे नवनिर्मित भवनमा मेचीनगर नगरकार्यपालिकाको कार्यालयबाट व्यवस्थाापन गरिएको आइसोलेसन सेन्टरमा उपचारत रहेका ३ महिला एक बालक र ३ जना पुरुषहरु रहेका छन्

 डिस्चार्ज हुनेमा मेचीनगर ७ का २३ वर्षीया, ६ की १८ वर्षीया तथा १० की २५ वर्षीय १/१ जना  महिला रहेको आइसोलेन प्रमुख सविता सापकोटाले जानकारी दिइन् । उनका अनुसार मेचीनगर ८ का १५ वर्षीय किशोर, ६ का २६ र ३८ र ४७ वर्षीय एक / एकजना पुरुष समेत डिस्चार्ज भएका छन् ।

पीसीआर परीक्षणका लागि भदौ २९ गते उक्त आइसोलेसन सेन्टरमा रहेका ९ जनाको थ्रोड स्वावको नमूना संकलन गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । विहीबार प्रतिष्ठानबाट प्राप्त रिपोर्टमा अन्य दुईजना बाहेक सवैको रिपोर्ट नेगेटिभ देखिएपछि सुरक्षित र व्यवस्थितरुपमा होेम क्वारेन्टिनमा  बस्ने गरी सवैलाई डिस्चार्ज गरिएको सापकोटाको भनाई छ ।

र अन्य २ जना मेचीनगर १० का ३५ र २१ वर्षीय पुरुषको पीसीआर रिपोर्ट भने फेरी पोजेटिभ  आएको छ । हाल आइसोलेसनमा चारजना रहेका छन् ।

 उनीहरुलाई मेचीनगर नगरपालिका स्वास्थ्य शाखा संयोजक शशीकला राई, आइसोलेसन प्रमुख सापकोटा मेचीनगर ४ र ११ का वडाध्यक्ष क्रमस नवीन वराल सन्तोष मेचेलगायतले उनीहरुलाई फूलका गुच्छा दिएर विदाई गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु