दमक । झापाको गौरदह ९ बैगुन्धुराबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा गौरदह ३ का २२ बर्षीय राजेश महतो र सोही ठाउँका २७ बर्षीय प्रमानन्द राजबंशी रहेका छन ।
प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई गएराती पौने ११ बजे नियन्त्रणमा लिएको थियो ।
उनीहरुको साथबाट १५८ बोतल ईस्कफ लागुऔषध फेला परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको कार्यालयले जनाएको छ ।

