adv

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार १२२ पुग्यो

झापा,४ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार १ सय २२ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ९ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ रहेको छ। ७ हजार ४ सय ५१ जना क्वारेन्टिनमा छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु