adv

मेचिनगरमा बिभिन्न पार्टी परित्याग गरि २ सय बढि काङ्ग्रेसमा प्रवेश

मेचिनगर ,४ असोज । झापाको मेचिनगर ७ मा बिभिन्न पार्टी परित्याग गरि २ सय बढी  काङ्ग्रेसमा प्रवेश गरेका छन । शनिबार मेचीनगरको मदनबस्तिमा आयोजित पार्टी प्रवेश  कार्यक्रममा नेकपा, राप्रपा, सङघिय समाजबादि परित्याग गरि २ सय १० जना काङ्ग्रेसमा प्रवेश गरेका हुन्।

पछिल्लो समय नेकपाले गरेको नेतृत्व प्रति असन्तुष्ट भएका दर्जनौ कार्यकर्ता काङ्ग्रेस प्रवेश गरेका हुन् । उनिहरुलाइ पार्टीका जिल्ला सभापति उदब थापाले टिका अबिर र सदस्यता प्रदान गर्दै पाटि प्रवेश गराएका हुन । कार्यक्रमलाइ सम्बोधन गर्दै पाटि सभापति थापाले नेकपाको सरकारले जनतामा नैरस्य्ता ल्याएको बताउदै सधै जनताको साथमा काङ्ग्रेस रहने बताए । साथै उनले  प्रधानमन्त्री केपि शर्मा ओलिले दुइ तिहाइको घमण्ड देखाएर जनतालाइ दुख दिएको बताए  ।

पार्टीका वडा सभापति कन्चन बरालको सभापतित्वमामा सम्पन्न कार्यक्रममा जिल्ला उपसभापति राम कट्टेल, जिल्ला कोषाध्यक्ष केशबराज पाण्डे, जिल्ला सचिब प्रेम सम्बाहाम्फे, ताराबिर कटुवाल सबिधान सभा सदस्य उषा गुरुङ, छेतृय सभापति मणि उप्रेति, नगर सभापति इन्द्रबहादुर बुढाथोकी, महिला संघ केन्द्रिय सदस्य गोमा भट्टराई, जेष्ठ नागरिक सभाका केन्द्रिय सदस्य प्रबेस नेउपाने, महाधिबेशन दुर्गा खतिवडा, तरुण दल जिल्ला सभापति गोपाल तामाङ, मेचिनगर ४ का वडा अध्यक्ष नबिन बराल, वडा नम्बर ५ का वडा अध्यक्ष योगेन थापा, वडा नम्बर ६ का ललित तामाङ, वडा नम्बर ७ का वा अध्यक्ष चन्दन मेचे, वडा नम्बर ९ का अध्यक्ष गोपाल खड्का, वडा नम्बर १० का अध्यक्ष सुदय पनेरु युवा नेता रोहित बुढाथोकी लगायत बिभिन्न नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

पुर्व वडा सभापति उत्तम राजबन्सिले स्वागत गरेको कार्यक्रमको संचालन सिताराम ढुगेलले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु