adv

बीएण्डसी अस्पतालका १२ जना स्वास्थ्यकर्मी कोरोना संक्रमणबाट निको भए

विर्तामोड,५ असोज । झापाको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा कार्यरत १२ जना स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमण मुक्त भएका छन्।

कोरोना संक्रमण भएको १५ दिनपछि उनीहरु संक्रमण मुक्त भएका हुन् ।

समुदाय तहमा कोरोना संक्रमण फैलँदै गएपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको पीसीआर जाँच गर्दा १२ जनामा संक्रमण पुष्टि भएको थियो ।

संक्रमण मुक्त भएका स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनले आज विशेष कार्यक्रमका बीच स्वागत गरेको छ । अस्पतालको व्यवस्थापन तथा उपचारमा रहेका उनीहरुलाई काममा फर्कनुअघि अस्पतालले स्वागत गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले कोराना संक्रमणको जोखिम भएपनि यसबाट कोही भाग्न नसक्ने बताए । उनले संक्रमण जितेर आएका स्वास्थ्यकर्मीलाई धन्यवाद दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु