adv

मेचीनगरमा पहिलाे पटक काेराेना संक्रमितकाे मृत्यु

मेचीनगर, ५ असोज । झापाको मेचीनगर नगरपालिकामा पहिलाे पटक काेराेना संक्रमितकाे मृत्यु  भएकाे छ । मेचीनगर नगरपालिका वडा नं. ५ की ७२ वर्षीय महिलाकाे धरान स्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे ।

स्वास फेर्न गाह्रो हुने, शरीरमा कमजोरी हुने लगायतका स्वास्थ्य समस्या आएपछि करिब एक हप्ता अघि महिलालाइ अस्पताल पुर्याइएकाे थियाे ।

उपचारकै क्रममा महिलामा काेराेना संक्रमण पुष्टि भएकाे र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा आज विहान निधन भएको मेचीनगर सामाजिक विकास समिति संयोजक नबिन बरालले बताए ।

कोरोना संक्रमितको निधन भएसंगै शवको ब्यवस्थापन नेपाली सेनाले झापाको कन्काई माइ घाटमा गरेको बताइएको छ ।  योसंगै झापामा कोरोना संक्रमितको निधन भएको संख्या ४ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु