adv

कोरोना भाइरसबारे गलत प्रचार गर्नेलाई कारबाही

काठमाडौं । लमजुङमा कोरोना भाइरसबारे गलत प्रचार गर्नेलाई धमाधम कारबाही  गर्न थालिएको छ। कोरनाबारे गलत प्रचार गर्ने ५६ जनालाई कारबाही  गरिएको जिल्ला प्रशासन कार्यालय लमजुङले जानकारी दिएको छ।

कोरोना संक्रमण बढ्दै जाँदा समाजमा अफवाह फैलाएर त्रास सिर्जना गर्ने व्यक्तिलाई कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए। उनका अनुसार कोरोना संक्रमणको अवस्थामा सकारात्मक सन्देशभन्दा नकारात्मक टिप्पणी र हल्ला फैलाउने, संक्रमित र उनको परिवारलाई लक्षित गरी अमानवीय व्यवहार गर्नेलाई कारबाही गरिएको हो।

समाजमा अनर्गल प्रचारबाजी गर्ने, सामाजिक सद्भाव भड्काउने, संक्रमितको परिवारमा नकारात्मक हल्ला फैलाउने, संक्रमित र संक्रमितको परिवारलाई हेलाको दृष्टिले हेर्ने, अमानवीय व्यवहार गर्ने, मानसिक तनाव दिनेलगायतलाई कारबाही गरिएको प्रजिअ शर्माले बताए। उनीहरूलाई संक्रमक रोग ऐन २०२० को दफा ३ अनुसार कारबाही गरी जरिवाना गरिएको छ। प्रतिव्यक्ति ५ सय रुपैयाँ जरिवाना गरिएको छ।यो समाचार आजको अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु