adv

करेन्ट लागेर वडा अध्यक्षको मृत्यु

सोलुखुम्बु, ६ असोज । सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका वडा नं। ५ का वडा अध्यक्ष ३९ बर्षीय निमराज तामाङको करेन्ट लागेर मृत्यु भएको छ ।

आज बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा गएकोमा रडले अचानक बिजुलीको नाङ्गो तारमा छुदा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर बेहोस भएका वडा अध्यक्ष तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा ०९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु