
झापा,६ असोज । झापाको दमकमा आज मंगलबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य सहायक कुवेर भट्टराईका अनुसार ६ महिला सहित ८ पुरुषमा संक्रमण पुष्टि भएको हो।
कोरोना पुष्टि हुनेमा दमक अस्पतालका २ जना स्वास्थ्यकर्मी र अन्य सबै कन्ट्राक ट्रेसिंगमा परेका स्थानीय बासिन्दाहरु रहेका छन् । गत शुक्रबार परीक्षण गरिएका १४० मध्ये १४ जनामा पोजेटिभ देखिएको भट्टराईले जानकारी दिए ।
यो संगै दमकमा संक्रमतिको संख्या १५७ पुगेको छ । संक्रमित मध्ये १ सय १२७ जना निको भइसकेका छन् ।

