adv

सुनको भाउ तोलामा १७ सय रुपैयाँले घट्यो

काठमाडौँ ,६ असोज । सुनको मूल्य एकै दिन १७ सय रुपैयाँले कम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेर ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार दुई सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार सात सय रुपैयाँले घटेर ९५ हजारमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपैयाँ थियो।

यस्तै चाँदीको मूल्य तोलामा भने १० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु