adv

चीनले सीमा अतिक्रमण गरेकाे विरोधमा चिनियाँ दूतावास अगाडि प्रदर्शन

काठमाडौं, ७ असोज । हुम्लाको नाम्खा गाउँपालिका क्षेत्रमा चीनद्वारा सीमा अतिक्रमण गरेको भन्दै चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ ।

प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गर्दै बुधबार काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावासमा अगाडि प्रदर्शन गरेका छन् । ब्याक अफ चाइना लेखिएका पम्पलेट सहित निस्किएको युवाहरूको समूहलाई प्रहरीले तितरबितर पारेको छ ।

हुम्लाको नाम्खा गाउँपालिका ६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको स्थानीयले बताएका छन् ।नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार चीनियाँ सेनाले बनाएको भवनहरू नक्सामा हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको भूभागमा देखिन्छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले उक्त क्षेत्रको निरीक्षण गरेको छ । तर चिनियाँ सेनाले चीनकै भूभागमा भवनहरु निर्माण गरिएको बताएको छ ।

फाेटाे अनलाइनखबर

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु