झापा ,०७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८ सय ६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार ८ सय ९३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १७ हजार ४ सय १४ जना संक्रमित रहेका छन्। यस्तै ७ हजार १ सय ४ जना क्वारेन्टिनमा रहेका छन्।

