
झापा,७ असोज । झापामा आज बुधबार थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार गौरादह नगरपालिकाका १ जना पुरुष , भद्रपुर नगरपालिकाका २ पुरुष र १ महिला जना र दमक नगरपालिकाका १ जना महिलामा कोरोना पुष्टि भएको हो।
गौरादह , दमक र भद्रपुरका १ जना स्थानीय बासिन्दा हुन भने २ जना ओखलढुंगा र सल्यान ठेगाना चौंलागाईंले बताए ।
यो संगै झापा कुल कोरोना संक्रमितको संख्या ८१८ पुगेको छ ।
यस्तै झापाको भद्रपुर १० का एक जना बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। योसंगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

