adv

पहिरोले घर पुरिदा पाँच जना बेपत्ता

काठमाडौं,८ अजोज । पाल्पाको रम्भा गाउँपालिका–२, फोक्सिङ्कोटस्थित गहिराटोलमा पहिरोले घर पुरिदा पाँच जना बेपत्ता भएका छन् ।

मंगलबारदेखि परेको अबिरल वर्षाका कारण बुधबार राति माथिबाट खसेको पहिरोले दुई घर पुरदिा पाँच जना बेपत्ता भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ ।

गहिराटोलका हुमबहादुर गाहाको घर पुरिदा उहाँसहित श्रीमती, छोरी र दुई जना नातिनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

हुमबहादुरका छोराहरु भने सकुशल रहेको बताइएको छ । प्रहरी टोली, स्थानीय बासिन्दा घटनास्थलमा पुगेर उद्दार तथा बेपत्ताको खोजी कार्य गरिरहेको रम्भा २ का वडाअध्यक्ष उमानसिंह सारुले जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्र अनलाईनमा प्रकाशित छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु