adv

एक युवाको बाम्फोक प्रहारबाट तीन जना गम्भीर घाइते

ताप्लेजुङ । सिरिजंघा गाउँपालिका–८ याम्फुदिनमा एक युवाको बाम्फोक प्रहारबाट तीन जना गम्भीर घाइते भएका छन । बुधबार राति २२ वर्षिय लाक्पा भोटेले आफ्नै ठूलीआमा ६० फुटि भोटे, फुटिकका छोराहरु ३६ वर्षिय पासाङ भोटे र १८ वर्षका छिरिङ भोटेलाई बाम्फोक हानेर गम्भीर घाइते भएको वडाध्यक्ष टसी लामाले बताए ।

वडाध्यक्ष लामाका अनुसार फुटिको टाउको र गर्धन, पासाङको टाउको र हात तथा छिरिङको टाउको र गर्धनमा चोट लागेको छ । सबै जनासँगै टिभी हेरेर बसेको र सुतेपछि घटना भएको उनको भनाई छ ।

घाइतेहरुको याम्फुदिन स्वास्थ्य स्वाथ्य चौकीमा प्राथमिक उपचार भइरहेको छ । खराब मौसमका कारण थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा लैजान समस्या भएको लामाले बताए ।
‘घाइतेको यहाँ उपचार सम्भव छैन, गाडी भेट्न एक दिन पैदल हिँडेर हप्पुखोला पुग्नुपर्छ,’ लामाले भने, प्रशासन कार्यालयसँग समन्वय गरेर हेलिकप्टर मगाएका छौं ।’बिहीबार मौसम खराब रहेकाले मौसम खुले मात्रै हेलिकप्टर आउने हुँदा पर्खनेकी बोकेर लैजाने भन्ने दोधार रहेको उनी बताउँछन् ।

घटनापछि फरार रहेका लाक्पाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठले बताए । घटनाको अनुसन्धानसमेत सुरु गरिएको श्रेष्ठले बताए । अभियुक्तको चौकी याम्फुदिनबाट असईको कमाण्डमा गएको टोलीले खोजी गरिरहेको छ । घटनास्थल सदरमुकाम फुङलिङबाट दुई दिन पैदल दूरीमा पर्छ । यो समाचार आजको अन्नपुर्ण पोष्टमा प्रकाशित छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु