पोखरा, ८ असोज। स्याङ्जाको वालिङमा बिहीबार बिहान गएको पहिरोमा परि एकै परिवारका ९ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका वडा नं. १४ तमादीका एकै परिवारका ९ जनाकाे मृत्यु भएकाे हाे ।
स्याङ्जाका प्रहरी प्रवक्ता एवं डीएसपी राजेन्द्र अधिकारीका अनुसार एकै परिवारका १० जना पहिरोमा वेपत्ता भएकोमा ९ जनाको शव फेला परेको र एक जनाको जिवितै उद्धार भएकाे छ ।
पहिरोमा परी मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली छन् ।
पाहुना बस्न मायाको घरमा गएकी उमाको पनि पहिरोमा मृत्यु भयो । उमा र माया दिदीबहिनी हुन् । दीपक, कुलदीप, विक्रम र विवश उनका छोराहरु हुन् । बिनिता र कुलदीपसहित उनका ७ महिने शिशुलाई पनि पहिरोले ज्यान लिएको छ ।
पहिरोमा पुरिएर घाइते बनेकी मायाकी १६ वर्षीया छोरीलाई उपचारका लागि पोखरा ल्याइएको छ ।

