adv

झापामा एक जना ब्यापारी सहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि

झापा,८ असोज । झापामा आज बिहिबार थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार  भद्रपुर नगरपालिकाका १ जना पुरुष ,कन्काई  नगरपालिकाका २  जना पुरुष र झापा गाउँपालिकाका १ जना पुरुषमा कोरोना पुष्टि भएको हो।

भद्रपुर नगरपालिकाका एक जना ब्यापारी सहित सबै जना संक्रमितहरु स्थानीय बासिन्दा रहेको चौंलागाईंले बताए । उनका अनुसार  कन्काईका एक जना संक्रमितको ठेगाना बिर्तामोड वडा न ५ रहेको छ  ।

यो संगै झापा कुल कोरोना संक्रमितको संख्या ८२२ पुगेको छ । जसमा ७५७ जना निको भएका छन् । भने अब ५९ जना उपचारारत छन्।

यस्तै संक्रमित झापा गाउँपालिकाका पुरुषको भने मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। योसंगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु