adv

कोरोनाबाट झापाका १ सहित नेपालमा थप ७ जनाको मृत्यु

झापा,८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाकाे कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएकाे छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा १२ पुरुष र ५ महिला छन्।

मोरङकी ५५ वर्षीया महिला, झापाका ७८ वर्षीय पुरुष, सुनसरीकी ८१ वर्षीया महिला, धनुषाका ६८ र ७० वर्षीय पुरुष, रौतहटका ६५ वर्षीय पुरुष, भक्तपुरका ८४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, काठमाडौँकी ८२ वर्षीया महिला तथा ७५, ८० र ७९ वर्षीय पुरुष, धादिङकी ३२ वर्षीया महिला, तनहुँका ३९ वर्षीय पुरुष, दाङका ३९ वर्षीय पुरुष, कपिलवस्तुका ५० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५५३ पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु