
झापा । नेपाली कलाकार दयाहाङ राई हाब्रे रेड पाण्डा संरक्षण दूतमा नियुक्त भएका छन् । संरक्षण दूत नियुक्त भएसँगै कलाकार राई दुर्लभ वन्यजन्तु हाब्रे ९रेड पाण्डा० को संरक्षण र अवैध चोरीसिकारी विरुद्धमा जनचेतना जगाउने अभियानमा सहभागी हुनेछन् ।
प्रसिद्ध कलाकार दयाहाङ राईसँग रेड पाण्डा संरक्षण कार्यमा सहकार्य गर्न पाउँदा अत्यन्तै हर्षित भएको रेड पाण्डा नेटवर्कका राष्ट्रिय निर्देशक आङफूरी शेर्पाले बताए । सहकार्यको माध्यमबाट हाब्रे संरक्षणको अभियानमा सफल हुनेमा विश्वस्त विश्वस्त रहेको शेर्पाले बताए।
कलाकार राईले पनि हाब्रे संरक्षणमा सम्मिलित हुन पाएकामा उत्साहित भएको प्रतिक्रिया दिए । राष्ट्रको प्राकृतिक सम्पदाको रुपमा रहेको यो वन्यजन्तुको संरक्षणमा सहभागी हुन पाउँदा गौरवान्वित भएको राईले बताए ।
वन तथा भू–संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजकत्वमा हाब्रेको अनुसन्धानमा काम गर्दै आएको रेडपाण्डा नेटवर्कले पाँचथर–इलाम–ताप्लेजुङ भू–परिधि क्षेत्रका १० वटा हाब्रेको घाँटीमा जीपीएस स्याटेलाइट कलर जडान गरेर अध्ययन गरिरहेको छ ।

