adv

झापाको बिर्तामोडबाट ब्राउनसुगरसहित तीन जना पक्राउ

झापा, ९ असोज । झापाबाट लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । बिहीबार राति झापाको अर्जुनधारा–११ बसपार्क र बिर्तामोड भगवान चोकबाट ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिर्तामोड–३ का २४ वर्षीय विशाल राजवंशी र सोही स्थानका १५ वर्षीय नरप्रसाद राजवंशी रहेका छन् भने बिर्तामोड–२ का २२ वर्षीय प्रदीप राजवंशी रहेका छन् ।

बिशाल र नर प्रसाद ११ ग्राम ब्राउनसुगरसहित अर्जुनधाराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैगरी प्रदीप १० ग्राम ब्राउनसुगरसहित बिर्तामोड भगवान चोकबाट पक्राउ परेको उक्त कार्यालयले जनाएको छ ।

विशेष सुराकका आधारमा उनीहरूलाइ हिजो राति पौने ११ बजे पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनामाथि ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु