adv

बिर्तामोडमा घरको छतबाट खसेर एक बालिकाको मृत्यु

झापा,९ असोज ।झापाको बिर्तामोड ५ मा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार १३ बर्षीया कृतिका भण्डारीको मृत्यु भएको हो। हिजो राती १० बजे खाना खाईसकेपछि घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा कृतिका गम्भिर घाईते भएकी थिईन ।

उनलाई तत्काल उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक कृतिका ५ दिन अगाडी काठमाण्डौबाट मावली घरमा आएकी हुन् । मावली घरकै चार तला माथीको छतबाट झरेर उनको मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु