adv

निरन्तर ओरालो लागेको सुनको भाउ आज तोलामा ८ सयले बढ्यो

काठमाडौँ । निरन्तर ओरालो लागेको सुनको मूल्य शुक्रबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाला सुनको मूल्य तोलाको ९३ हजार एक सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९२ हजार ६ सय रुपैयाँ थियो। यस्तै चाँदी मूल्य तोलामा ४० रुपैयाँले बढेर ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु