adv

ग्रुप च्याटमा जथाभावी बोल्ने बिर्तामोडका एक युवक पक्राउ

बिर्तामोड । ग्रुप च्याटमा जथाभावी बाेलेकाे आराेपमा विर्तामाेडका एक युवक पक्राउ परेकाे छ । विर्तामाेड वडा नं. ६ बस्ने २० वर्षीय गाैरव बुढाथाेकी साइबर क्राइमको आरोपमा पक्राउ परेकाे हाे ।

उनलाई बिहीबार दिउँसो बिर्तामोड प्रहरीले पक्राउ गरी काठमाडौ पठाएको छ । ग्रुप च्याटमा अश्लील शब्द बोलेको भन्दै काठमाडौंकी जुनु राईले महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा उजुरी हालेकी थिइन् ।

उनलाई पक्राउ गरी अड्डासार गर्दै तालुक महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु