adv

नेपालमा कोरोना संक्रमितको संख्या ७२ हजार नजिक

झापा,१० असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरका १, झापाका ७, भोजपुरका २, मोरङका ७८, सुनसरीका २३ सोलुखुम्बुका १, धनुषाका ४, पर्साका २४, बाराका ४, महोत्तरीका १, रौतहतका ६, सप्तरीका ११, सर्लाहीका ४, सिरहाका १, काठमाडौँका ५८३, काभ्रेका १७, चितवनका १२, दोलखाका १, धादिङका ७, नुवाकोटका २, भक्तपुरका ६३, मकवानपुरका १७, रामेछापका ७, ललितपुरका ७८ र सिन्धुपाल्चोकका ४ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै सिन्धुलीका १५, कास्कीका १०, गोरखाका ३, तनहुँका ४, नवलपरासीपूर्वका १, लमजुङका १, बागलुङका १, स्याङ्जा ४, अर्घाखाँचीका २, कपिलवस्तुका ३, गुल्मीका ५, दाङका २८, नवलपरासीका १०, पाल्पाका ३, बर्दियाका ७, बाँकेका ३०, रुपन्देहीका ७३, रोल्पाका ६, सल्यानका १, अछामका १३, कञ्चनपुरका १, डोटीका १५, दार्चुलाका ५, बझाङका २ र बैतडीका १ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु