
प्रेस क्लब मेचीनगरका नवनिर्वाचित अध्यक्ष सहित पदाधिकारीहरु ।
मेचीनगर, असोज १० । प्रेस क्लब मेचीनगरको अध्यक्षमा लक्ष्मी उप्रेती चयन भएका छन् । क्लबको आज काकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न अधिवेशनले उप्रेतीको अध्यक्षतामा दुई बर्षे कार्यकालका लागि १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा शिशिर चम्लागाइँ, सचिवमा जि आर धिताल, कोषाध्यक्षमा रिता दाहाल र सहसचिवमा भुमिका लिम्बू फियाक चयन भएको निर्वाचन समितिका संयोजक सन्तोस आचार्यले बताए ।

प्रेस क्लब मेचीनगरका नवनिर्वाचित १५ सदस्यीय कार्यसमिति।
यस्तै समितिको सदस्यहरुमा प्रकाश पौडेल, बिकास देवकोटा, युवराज आचार्य, किशोर उपरकोटी, खगेन्द्र घिमिरे, हेमन्त निरौला, माया लामिछाने, हरिकृष्ण भण्डारी, दिलिप थापा र उमेश खतिवडा चयन भएका छन् ।

अधिवेशनको उदघाटन सत्रमा मन्तब्य राख्दै मन्त्री कार्की ।
अधिवेशनको उदघाटन गर्दै मन्त्री कार्कीले बिश्व महामारीको रुपमा रहेको कोरोनाका कारण संकटमा परेका सञ्चार संस्थाहरुलाई प्रदेश सरकारले सहयोग गरेको र आगामी दिनमा पनि सञ्चार संस्था र सञ्चारकर्मीहरुको क्षमता बिकासमा प्रदेश सरकारले सहयोगी भुमिका खेल्ने बताए ।
सत्य र तथ्यमा रहेर कलम चलाउन मन्त्री कार्कीले सञ्चारकर्मीहरुलाई आग्रह गर्दै भन्नु भयो,‘गलत काम गर्ने जो सुकै भए पनि निडर भएर समाचार लेख्नुहोस, सहि आलोचनालाई सबैले स्वागत गर्नु पर्छ ।’

कार्यक्रममा उपस्थित अतिथिहरु ।
प्रेस क्लबका संयोजक मुक्ति पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगर प्रमुख बिमल आचार्य, उपप्रमुख मिना उप्रेती, प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई अर्याल, झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिना, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, नेपाली काँग्रेस मेचीनगर उपसभापति सुरेन्द्र बुढाथोकी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
मेचीनगरका पत्रकारहरुको छाता संस्थाका रुपमा रहेको प्रेस क्लबको काकरभिट्टा खानेपानी संस्थाको सभाहलमा आज सम्पन्न अधिवेशनमा क्लबका सचिव झुलन रेग्मीले स्वागत मन्तब्य राख्नु भएको थियो भने क्लबका सहसंयोजक ज्ञानेन्द्र निरौलाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

