झापा,१० असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाकाे कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा सबै पुरुष छन्।
सप्तरीका ६३ वर्षीय, काठमाडौँका २० वर्षीय र ७४ वर्षीय, भक्तपुरका ८८ वर्षीय, मकवानपुरका ७४ वर्षीय, ललितपुरका ७६ वर्षीय, रुपन्देहीका ७२ वर्षीय र कैलालीका ३० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ।

