झापा । आइपिएलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गरेर १३ औँ संस्करणमा जितको खाता खोलेको छ।
पहिलो खेलमा मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित कोलकोताले दोस्रो खेलमा सनराइजर्स हैदराबादविरुद्ध शानदार जित निकालेको हो।
शनिबार राति आबुधावीमा भएको खेलमा हैदराबादले जितका लागि दिएको १४३ रनको लक्ष्य कोलकाताले १८ ओभरमा तीन विकेट गुमाएर हासिल गर्याे।

कोलकाताको जितमा शुममन गिलले अविजित ७० रन बनाए। इयान मोर्गनले ४२ रनको योगदान दिए भने नितिस रानाले २६ रन जोडेका थिए।हैदराबादका राशिद खान, खलिल अहमेद र टी नटराजनले १–१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो।

