adv

कोरोनाबाट झापा कनकाईका एक पुरूषको विराटनगरमा मृत्यु

विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा शनिबार राति कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ। झापाको कनकाई–९ का ४७ वर्षीय पुरुषको शनिबार राति १०:४५ बजेतिर मृत्यु भएको चिकित्सकलाई उद्दृत गर्दै अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए।

शरीर कमजोर हुने, ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाबको पीसीआर परीक्षण गराउँदा पुरुषको रिपोर्ट पोजिटिभ आएको थियो। उनका अनुसार भदौ ८ गते कोरोना पुष्टि भएपछि पुरुषलाई झापाकै मेची अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

स्वास्थ्य अवस्था खराब भएर गएपछि उनलाई थप उपचारका लागि शनिबार राति विराटनगर ल्याइएको बस्नेतले बताए। उनका अनुसार ल्याइपुर्‍याउन साथ मृत्यु भएको हो। आइसोलेसनमा लैजानलाई बोकेर आएको एम्बुलेन्सबाट झार्दाझार्दै संक्रमितको मृत्यु भएको हो।
‘स्वास्थ्य अवस्था नाजुक भएर उपचारका लागि विराटनगर ल्याइएको रहेछ,’ चिकित्सकलाई उद्दृत गर्दै बस्नेतले भने, ‘तत्काल कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थाल्नलाई एम्बुलेन्सबाट झार्दै गर्दा मृत्यु भयो।’

थप उपचारका लागि ल्याउन ढिला भएका कारण संक्रमित पुरुषलाई आइसोलेसनमा भर्ना गरेर बचाउन नसकिएको अस्पतालले जनाएको छ। बस्नेतले पुरुषमा कुनै दीर्घ रोग भए/नभएको बारेमा केही जानकारी प्राप्त भइ नसकेको बताए। उनका अनुसार शवको व्यवस्थापन नियम अनुसार हुनेछ। अन्नपुर्ण पोष्टमा समाचार छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु