adv

झापामा दमकका भेन चालकसहित थप ३ जनामा कोरोना पुष्टि

झापा, ११ असोज । झापामा ९० वर्षीय बृद्धासहित थप तीन जना स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा एक जना महिला र दुई जना पुरुष रहेका छन् ।

आज थपिएका संक्रमितहरु बिर्तामोड नगरपालिका वडा नं. १ की ९० वर्षीय एक महिला, अर्जुनधारा नगरपालिका वडा नं. ३ का ५१ वर्षीय एक पुरुष, र दमक नगरपालिका वडा नं. ५ का ४२ वर्षीय एक पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । अर्जुनधारा र दमकका व्यक्तिको धरानबाट स्वाब संकलन गरिएको र दमकका व्यक्ति भेन चालक रहेको चम्लागाईले जानकारी दिए ।

आजसम्म झापामा कुल संक्रमितको संख्या ८४७ पुगेको छ भने भने डिचार्ज हुनेको संख्या ७७४ पुगेको छ । हाल झापामा सक्रिय संक्रमितको संख्या ६६ छ भने कोरोनाबाट हाल सम्म झापामा ७ जनाको मृत्यु भइसकेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु