adv

बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु

वीरगञ्ज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा-१ स्थित दुधौरा पुल नजिकै बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बाराको निजगढ नगरपालिका वडा नं.१० लाल बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान, उनकी २३ वर्षीय श्रीमती ज्योती स्याङ्तान र १ वर्षीय छोराको मृत्यु भएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार उनीहरु तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुधौरा पुलबाट २०० मिटर पूर्वी सडकमा निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना.४.ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश न.२—०३—००४ प ४४४२ नम्बरको स्कुटीलाई आइतबार ठक्कर दिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु