adv

झापाको मेचीनगरमा संक्रमित १३३ मध्ये १२८ जना कोरोनाबाट निको भए

मेचीनगर, ११ असोज । झापाको मेचीनगरमा संक्रमित  १३३ मध्ये १२८ जना कोरोनाबाट निको भएर  घर फर्किएका छन् ।

आज आइतबार २ जना निको भएसँगै मेचीनगरका १२८ जनाले कोरोना जितेर घर फर्किएका हुन् ।

 मेचीनगरका सामाजिक विकास संयोजक  नविन बरालका अनुसार धाइजन स्थित स्वास्थ्य चौकीको आइसोलेसनमा रहेका २ जना आज निको भएर घर फर्किएसँगै १३३ जना संक्रमित मध्ये १२८ जनाले कोरोना जितेका हुन् ।

मेचीनगरका बाँकी ५ जनामध्ये १ जनाको मृत्यु भएको छ भने ४ जना धरान, भद्रपुर र धाइजनको आइसोलेसनमा उपचार गरिरहेको कार्यवाहक मेयर बरालले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु