adv

अर्जुनधारामा कुलमान घिसिङ र डा. गोबिन्द केसीको समर्थनमा नेविसंघको प्रदर्शन

झापा,१२ असोज । झापाको अर्जुनधारामा नेपाल विद्यार्थी संघ ( नेविसंघ) अर्जुनधारा नगर समितिले बिरोध प्रदर्शन गरेको छ । सोमबार  सरकारको गलत कदमको बिरोध गर्दै  प्लेकार्ड र ब्यानरसहित भेला भएका विद्यार्थीले सरकारविरुद्ध चर्का नारासहित प्रदर्शन गरेको हो  ।

नेविसंघले ‘पाठ्यक्रम विकास बोर्डलाई दिइएको निर्देशन फिर्ता गर,कुलमान घिसिङलाई पुनः नियक्ति, डा. गोबिन्द केसीको जीवन रक्षा, हुम्लाको लाप्चा क्षेत्रमा भएको चिनियाँ अतिक्रमण बन्द गर, चिनियाँ हस्तक्षेप बन्द गर’ जस्ता माग सहित अर्जुनधाराको शनिस्चरे बजार परिक्रमा गरि जेष्ठ चौतारीमा कोणसभा गरेको थियो ।

बिरोध प्रदर्शनपछिको संक्षिप्त कोणसभामा बोल्दै अर्जुनधारा नेविसंघका सभापति दिपेन धिमालले ओली सरकार गैरजिम्मेवार भएको टिप्पणी गरेका थिए ।

बिरोध प्रदर्शनमा नेपाली कांग्रेस तरुण दल केन्द्रीय विभागीय सदस्य मदन बुढाथोकी,नेपाली काँग्रेस नगर सभापति हेमराज खरेल ,जिल्ला सदस्य सरस्वति सिटौला,नेपाल महिला संघ नगर सभापति लिला कट्वाल ,क्षेत्रिय समिति सदस्य लिला बन,सेखर बन अर्जुनधारा नगरपालिका वडा न:९ सभापति अर्जुन भट्टराई लगायतको सहभागिता थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु