adv

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७४ हजार ७७५ पुग्यो

झापा,१२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७४ हजार ७७५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार इलामका २, ओखलढुङगाका १, खोटाङका २, झापाका २, तेह्रथुमका २, पाँचथरका १, भोजपुरका २, मोरङका ४९ ,संखुवासभाका १, सुनसरीका २०, धनुषाका २२, पर्साका ७, बाराका ३, महोत्तरीका २५, रौतहटका १, सप्तरीका १०, सर्लाहीका ६, सिरहाका ५५ जना रहेका छन भने काठमाडौँका ६४९, काभ्रेका १०, चितवनका १७, दोलखाका १, धादिङका ११, नुवाकोटका ३, भक्तपुरका ३६, मकवानपुरका ४०, ललितपुरका १३२, सिन्धुपाल्चोकका ७, सिन्धुलीका ४, कास्कीका ४, गोरखाका ३ र तनहुँका १७ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै नवलपरासीपूर्वका २०, पर्वतका ३, लमजुङका ७, बागलुङका १, स्याङ्जाका ३, अर्घाखाँचीका १, कपिलवस्तुका ५, गुल्मीका ५, दाङका २, नवलपरासीका ५, प्यूठानका १, बर्दियाका २, बाँकेका १६, रुपन्देहीका २०, कालिकोटका २, जाजरकोटका २, दैलेखका २, सल्यानका २, सुर्खेतका २९, अछामका १३, कैलालीका ५०, बझाङका १४ तथा बैतडीका १ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार ७४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ।

हाल देशभर संक्रिय संक्रमितको संख्या १९ हजार ६ सय २४ रहेको छ। यस्तै ६ हजार ३१० जना क्वारेन्टिनमा रहेका छन्।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु