adv

कोरोनाबाट झापा गौरादहका १ जना व्यवसायीको मृत्यु

दमक, १२ असोज । झापा,गौरादहका एक जना व्यवसायीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

गौरादह नगरपालिका वडा नम्बर १ बस्ने ५१ बर्षिय पुरुषको आज दिउँसो विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिए । मृतक सुनचाँदी व्यवसायी हुन् ।

श्वासप्रश्वासमा समस्या भएको भन्दै उनलाई गत असोज ३ गते उपचारका लागि नोबेल लगिएको थियो । स्वाब संकलन गरेर पिसिआर परीक्षण गराउँदा गत असोज ६ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि अस्पतालकै आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
मृतकमा मधुमेह, उच्च रक्तचाप र कलेजोसम्बन्धी समस्या थियो । यससंगै झापामा संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु