adv

उद्यमशील महिला संघ झापाको अध्यक्षमा पुनः पार्वता

विर्तामोड, १२ असोज । नेपाल उद्यमशील महिला संघ झापाको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुनः पार्वता विमली सर्वसम्मत चयन भएकी छिन् ।

सोमबार संघको विर्तामोडमा भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा निरमाया पुलामी, प्रथम उपाध्यक्ष कुसुम राई, द्वितीय उपाध्यक्ष ऐश्वर्या पाण्डे, महासचिवमा यसोदा प्रसाईं, सचिवमा देवीमाया पोखरेल र कोषाध्यक्षमा सुशीला पाठक चयन भएका छन् ।

त्यसैगरि सदस्यहरुमा कमला शिवाकोटी, सपना बास्कोटा, इन्दू सुवेदी अधिकारी, संगीता चिमरिया, पूजा सुवेदी बस्नेत, विमला न्यौपाने, सीसम साह, दीपा पोखरेल, विना घिमिरे र निरा न्यौपाने रहेको निर्वाचन समितिकी संयोजक उर्मिला खरेलले बताइन् ।

उर्मिला खरेलको संयोकत्वमा अम्बिका भण्डारी र इन्दू पूर्वेली सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत रुपमा समिति गठन गर्दै निर्वाचन सम्पन्न गरेको हो । अधिवेशनको उद्घाटन विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराले गरेकी थिइन् ।

संस्थाकी अध्यक्ष पार्वता विमलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओम विमली, अलैची ब्यवसायी संघ झापाका महासचिव सुवास भटराई, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, नारी सञ्चार गृह झापाका अध्यक्ष अम्बिका भण्डारी, नेपाल चेम्बर अफ कमर्श महिला अध्यक्ष प्रेमा भटराई, लायन्स क्लवका चेयर पर्सन अध्यक्ष शैलेन्द्र कुरुम्बाङ, लायन्स क्लव अफ विर्तामोड लेडीका अध्यक्ष उर्मिला खरेल लगायतले शुभकामना मन्तब्य राख्दै महिलाहरु हरेक काम गर्न सक्षम रहे पनि अझै समाजले पूर्ण रुपमा विश्वास गरिनसकेको धारणा व्यक्त गरे ।

संघका महासचिव सावित्रा दाहालले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश भीमा शिवाकोटीले प्रकाश पारेकी थिइन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु