adv
adv

प्रदेश १ मा आज १२२ जनामा कोरोना पुष्टि,१६६ जना डिस्चार्ज

विराटनगर,१३ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा  १ सय २२ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ८६, सुनसरीमा १९, झापामा ८, ते¥हथुममा २, भोजपुर, उदयपुर र इलाममा १–१ र प्रदेश १ बाहिरका ४ जना रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ६१ जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये २९ महिला र ३२ पुरुष छन् । मोरंगको कटहरीमा ५ पुरुष, ग्रामथानमा १ महिला र ३ पुरुष, सुन्दरहरैचामा २ पुरुष, उर्लाबारीमा १ महिला, सुनबर्षीमा १ पुरुष, स्थानीय तह नखुलेका २ महिला १० पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा २ महिला र ५ पुरुष, इटहरीमा १ महिला र ४ पुरुष, दुहवीमा १ महिला र ३ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, झापाको दमक र भद्रपुरमा ३–३ पुरुष, अर्जुनधारामा १ पुरुष, स्थानीय तह नखुलेका १ महिला, ते¥हथुमका २, भोजपुर र उदयपुरका १–१ पुरुष, इलामको माई नगरपालिकाका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ३ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ६४१ पुगेको छ ।

यसैगरि, प्रदेश १ मा आज १ सय ६६ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट १ सय ६०, रुम्झाटार आईसोलेसन केन्द्र, ओखलढुङ्गाबाट ३, विराट मेडिकल कलेज, बुढीगंगाबाट २, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ४१ पुगेको छ ।

यस्तै, प्रदेश १ मा आज ३ जनाको मृत्यु भएको छ । झापा, मोरङ र सुनसरीमा थप १–१ जना पुरुषको मृत्यु भएको छ । हाल सम्म ६७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । साथै, प्रदेश १ मा आज ८ सय ६२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३९ महिला र ८३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख २२ हजार ७७४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु