
झापा,१२ असोज । झापामा आज मंगलबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार २ जना महिला र ७ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु भद्रपुर नगरपालिका वडा न : ५ र १० का २ जना पुरुषहरु रहेका छन् । यस्तै अर्जुनधारा नगरपालिका वडा न: ३ र ९ का १ जना महिला र २ जना पुरुष रहेका छन् । यसैगरी दमक नगरपालिकाका १ जना महिला ३ जना पुरुषहरु रहेका छन् । महिलाको स्वाब भने नोबेल मेडिकल कलेजबाट संकलन गरिएको हो ।
आजका संक्रमितहरु सबै स्थानीय बासिन्दा रहेको चौंलागाईंले बताए ।
यो संगै झापा कुल कोरोना संक्रमितको संख्या ८६० पुगेको छ । जसमा ७८६ जना निको भएका छन् । भने अब ६९ जना उपचारारत छन्।
झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

