
मेचीनगर,१३ असोज । झापाको धुलाबारीमा विश्व मुटु दिवसको अवसर पारेर साइकल यात्रा सम्पन्न गरिएको छ । स्वस्थ मुटुका लागि साइकल यात्रा भन्ने नाराका साथ धुलाबारी जेसीजले आयोजना गरेको साइकल यात्रामा धुलाबारी जेसीजका सदस्यहरु सहित द हिमालयाज माउन्ट बाइकका सदस्यहरुले साइकल यात्रा गरेका थिए ।
कार्यक्रम संयोजक तथा धुलाबारी जेसीजका कार्यकारीणी उपाध्यक्ष आस्मा चापागाईका अनुसार धुलाबारी चोकबाट शुरु गरेको साइकल यात्रा करिब ६ किलोमिटर दुरी पुरा गरी मेचीनगर ९ को थोप्लेबिरान सामुदायिक वन समुहसम्म पुगेर समापन भएको थियो ।
साइकल यात्राको सुभारभ्भमा धुलाबारी जेसीजका उपाध्यक्ष भुमि पौडेलले कार्यक्रमको बारेमा जानकारी गराएका थिए । जेसीजका निवर्तमान अध्यक्ष केशब पोखरेलको सभापतित्वमा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ।


