adv

झापाको झिलझिलेमा जीपको ठक्करबाट एक महिलाको मृत्यु

झापा,१३ असोज । झापाको झिलझिलेमा मंगलबार साँझ बोलेरो जीपको ठक्करबाट एक जना ४० वर्षीय महिलाको मृत्यु भएको छ।

पुर्वबाट पश्चिम जादैँ गरेको बा ११ च ५९९० नम्बरको बोलेरो जिपले ठक्कर दिँदा शिवासताक्षी ८ झिलझिले की कमला चापागाईंको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय झिलझिले अगाडि भएको सो दुर्घटनाबाट गम्भीर घाइते भएकी चापागाईंको उपचारका क्रममा बिर्तामोड स्थित बि एंड सी हस्पिटलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जबेगुले बताए।

दुर्घटनामा संलग्न उक्त बोलेरो र सो का चालक शिवासताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने ४३ वर्षीय अमृतबहादुर योङ्हाङ्गलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु